मोरङमा पिकअपको ठक्करबाट नाबालकको मृत्यु

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २०, शुक्रबार १८:१८

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ पशुपति टोलमा शुक्रबार दिउँसो पिकअपको ठक्करबाट ५ वर्षीय नाबालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा शम्भु पौडेललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट गम्भीर घाइते नाबालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालक सुनसरीको दुहबी नगरपालिका–११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.