सुनसरीमा साइकल अनियन्त्रित भएर लड्दा वृद्धको मृत्यु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २१, शनिबार १४:१०

सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ छिटाहास्थित भित्री पक्की सडक खण्डमा मंगलबार साँझ साइकल अनियन्त्रित भएर लड्दा १ जना वृद्धको मृत्यु भएको छ ।

छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको साइकल अचानक अनियन्त्रित भएर लड्दा बर्जु गाउँपालिका–६ का ७० वर्षीय कलकतिया चौधरीको मृत्यु भएको हो । साइकलसँगै लडेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि तत्कालै कोशी अस्पताल विराटनगर पठाइएको थियो ।

चौधरीको उपचारका क्रममा मंगलबार राति करिब ९ः५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल दुहबी ट्राफिक प्रहरी पोस्टदेखि करिब १५ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ । प्रारम्भिक अनुसन्धानबाट चौधरीले मादक पदार्थ सेवन (मापसे) गरेको पत्ता लागेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.