
काठमाडौं । युवा पुस्ता(जेनज)ले आज(साेमबार) देशका धेरै स्थानमा प्रदर्शन गर्दैछन् ।
सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ । विराटनगरकाे महेन्द्र चाेकमा प्ररदर्शन हुनेछ ।
तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह तयारीमा जेनजी लागेका हुन् ।
सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।
सरकारले अचानक सामाजिक सञ्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको जेनजी पुस्ताको दाबी छ ।

























