विराटनगरकाे दुई स्थानमा जेनजीले प्रदर्शन गर्ने

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार ०९:०४

विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा युवा पुस्ताले साेमबार विराटनगरकाे दुई स्थानमा प्रदर्शन गर्ने भएका छन् ।

प्रदर्शन इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोडलगायत  प्रमुख सहरहरूमा हुनेछ ।

विराटनगरमा बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन सुरु हुनेछ । दिउँसो महेन्द्र चोकमा ठूलो भेला गरेर प्रदर्शन गर्ने योजना छ ।

प्रदर्शनका लागि युवाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत सार्वजनिक आह्वान गरेका छन् ।

सहभागीहरूले हातमा पुस्तक र पम्पलेट बोकेर, कापी–किताब, स्कुल वा कलेजको पोसाकमा उपस्थित हुन अपिल गरिएको छ । प्रदर्शन दुई घण्टासम्म चल्ने बताइएको छ । प्रदर्शन हुने भएपछि  विराटनगरमा सुरक्षा सतर्कता बढाइएको छ ।

सामाजिक सञ्जाल बन्द, अभिव्यक्ति स्वतन्त्रताको हनन् र बढ्दो भ्रष्टाचारविरुद्ध यो प्रदर्शन देशव्यापी हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.