
विराटनगर । झापाकाे दमकमा युवा पुस्ताले गरेकाे आन्दोलनमा प्रहरीले गाेली चलाएकाे छ ।
नगरपालिका अगाडि युवापुस्ताले आगजनी प्रयास गरेपछि प्रहरीले गाेली चलाएको हाे ।
झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदर्शन उग्र भएपछि हवाई फायर गरेकाे बताए ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा पनि गरेकाे उनले बताए ।
ढुंगामुढाका कारण केही प्रदर्शनकारी र प्रहरी पनि घाइते भएकाे उनले बताए । आन्दोलनका क्रममा कमल गाउँपालिका– ५ का कमल भट्टराई घाइते भएका छन् ।

























