
विराटनगर । युवा पुस्ताले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रदेशसभा सचिवालय परिसर निषेधित क्षेत्रमा पर्छ । प्रहरीले प्रदेशसभाको प्रवेशद्धार भन्दा केही पर ब्यारिगेट लगाएको थियो । तर, ब्यारिगेट तोडेर प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
सचिवालयको गेट अगाडि उनीहरुले प्रदर्शन गरिरहेका छन् । गेटमा प्रहरीले सुरक्षा दिइरहेका छन् ।

























