जेनजीको आन्दोलन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ५ पुग्यो

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १५:०९

काठमाडौं । जेनजी युवाहरुले गरेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एकको मृत्यु भएको छ । काठमाडौंको ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

जेनजीहरूको प्रदर्शनमा प्रहरी अत्याधिक बल प्रयोग गरेपछि प्रदर्शन हिंसात्मक बनेकाे हाे । प्रहरीले अत्याधिक बल प्रयोग गर्दा राष्ट्रिय मानवअधिकार आयोग भने मौन बसेको छ ।

जेनजीको आन्दोलन रोकिएको छैन । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.