
काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा युवा पुस्ताले गरेको आन्दोलन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ ।

























