
विराटनगर । युवापुस्ताले इटहरी उपमहानगरपालिकाको कार्यालय भित्र प्रवेश गरेर प्रदर्शन गरेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
अवस्था नियन्त्रण बाहिर गएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरीको बजार क्षेत्रमा आज साढे ३ बजेदेखि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेकी हुन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार, तोकिएको चार किल्लाभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्णरुपमा निषेध गरिएको छ।
कर्फ्यू लगाइएको क्षेत्रको चार किल्ला
उत्तर : हलगाडा नेपाली सेनाको व्यारेकदेखि पारुहाङ चोक भित्र ।
पूर्व : मिलन चोकदेखि जुट विकास भित्र ।
दक्षिण : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प र पुष्पलाल चोक हुँदै बस पार्क क्षेत्र भित्र ।
पश्चिम :कलंकी मोडदेखि जनता वस्ती भित्र ।

























