
विराटनगर । जेनजी आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन् । प्रदेशसभाका कर्मचारी हटाएर प्रदेशसभा भवनमा आगजनी गरेका हुन् ।
प्रमुखकाे कार्यालयमा पनि आगजनी गरेका छन् ।
पर्शुराम खापुङको सकारी निवासमा तोडफोड गरेका छन् ।
नेपाली सेनाको सुरक्षा घेरा भित्र रहेको निवासमा प्रवेश गरी प्रदर्शनकारीले निवास र निवासमा राखिएका सवारी तोडफोड गरेका हुन् ।
ताेडफाेड र आगजनी भएपछि सुरक्षाकर्मी व्याक भएका छन् ।

























