
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि आगजनी भएको छ ।
जेनजी आन्दोलनकारीले मंगलबार दिउँसो कोशी प्रदेशसभा भवनमा आगजनीपछि मुख्यमन्त्री कार्यालयमा पनि आगजनी गरेका हुन् ।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक कार्यालयमा पनि आगजनी गरेका छन् । आन्दाेलनमा उत्रिएकाे समूहले सरकारी कार्यालय खाेजीखाेजी आगजनी गरिरहेका छन् ।

























