सुरक्षा नियन्त्रण बाहिर विराटनगर, आगजनीसँगै लुटपाट

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १५:०८

विराटनगर । जेनजी समूहकाे आन्दोलनका कारण विराटनगर सुरक्षा नियन्त्रण बाहिर पुगेकाे छ ।  आन्दाेलनकारीले सरकारी कार्यालय खोजी–खोजी आगजनी गरेका छन् ।

मंगलबार दिउँसो सरकारी कार्यालय खोजी खोजी आगजनी गरेका हुन् । प्रदर्शनकारीको आन्दोलन उग्र भएपछि सुरक्षाकर्मी व्याक भएका छन् ।

सुरक्षाकर्मी पछि हटेका कारण बजारमा प्रदर्शनकारीले सरकारी कार्यालय खोजीखाेजी आगजनी गरिरहेका छन् । आगजनी गर्ने समूहले चाेरी र लुटपाट पनि मच्चाइरहेकाे छ ।

आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन् । कर्फ्यू उल्लंघन गर्दै प्रदेशसभा भवन प्रवेश गरेर आन्दोलनकारीले आगजनी गरेका हुन् ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि आगजनी भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक कार्यालयमा पनि आगजनी भएकाे छ । प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र सवारीमा आगजनी भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी भएको छ । विराटनगरमा रहेकाे आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी भएकाे छ ।

जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा आगजनी भएको छ ।  नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा पनि आगजानी गरेको समूहले सरकारी कार्यालय खोजेर आगजनी गरिरहेका छन् । आन्दाेलनकारीले सरकारी कार्यालयमा आगजनी गर्दै कार्यालयमा रहेका सामान पनि उठाएर लगिरहेका छन् ।

विराटनगरकाे मेनराेड र काेशी राजमार्गकाे चाेकचाेकमा टायर बालेर प्रदर्शन भइरहेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.