
विराटनगर । पूर्व क्षेत्रमा रहेको चार भाटभटेनी सुपरमार्केटमा लुटपाट र आगजनी भएको छ ।
भाटभटेनीको विराटनगर, इटहरी, धरान, दमक र विर्तामोडमा स्टोर छन् ।
इटहरी बाहेक सबै स्टोरमा नियोजित रुपमा तोडफोड र आगजनी भएको छ । इटहरीमा रहेको भाटभटेनीमा अगजनी गर्न पुगेको समूहलाई भने स्थानीयले रोकेका िथए ।
विराटनगर शाखामा मंगलबार बेलुका लुटपाट गर्ने समूहले लुटपाटसँगै आगजनी गरेको थियो । आगजनीका कारण भाटभटेनीको विराटनगर स्टोर पूर्णरुपमा जलेको छ । विराटनगरमा आगजनीपछि दमक, बिर्तामोड र धरानमा आगजनी भएको थियो ।
आगजनीको कारण भाटभटेनीमा पुगेको क्षतिको विवरण संकलन भइसकेको छैन ।
मिनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनीमा योजनावद्ध रुपमा आगजनी र लुटपाट भएको सुरक्षास्रोत बताउँछ । भाटभटेनीमा आगजनी हुँदा सयौंका रोजगारी संकटमा परेको छ ।

























