
काठमाडौं । जेनजी आन्दोलनका कारण असुरक्षा बढेको भन्दै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल खुला गर्ने निर्णय गरेको हो ।
विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मंगलबार दिउँसोदेखि बन्द गरिएको विमानस्थलमा अब नियमित उडान हुनेछ ।
यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन् ।
आन्तरिक उडान भने भोलिबाट नियमित हुनेछ ।

























