
विराटनगर । विराटनगरका जेनजी समूहले तत्काल अन्तरिम सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेलेलाई अन्तरिम सरकार गठनका लागि आह्वान गर्न माग गरेका हुन् । उनीहरुले अन्तरिम सरकार गठनको आह्वान गर्नुअघि प्रतिनिधिसभा विघटन गर्नुपर्ने सर्त राखेका छन् ।
विराटनगरको जेनजी समूहले प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि प्रत्यक्ष सम्वादको वातावरण बनाउन माग गरेका छन् ।

























