सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार ०६:३४

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई  सरकार प्रमुख बनाउन सबै पक्ष तयार भएको छ । जेनजी आन्दोलनको जगमा उनी सरकार प्रमुख बन्न लागेकी हुन् ।

उनी नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख बन्ने छिन् । उनकाे नियुक्ति आज गर्ने तयारी छ ।  तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न सकेकाे छैन । ।

जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान छ । पुराना दल र राष्ट्रपति पौडेलले संसदबाट  निकास निकाल्ने पक्षमा छन्  ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.