सभामुख र राष्ट्रियसभा अध्यक्ष : ‘संविधानवादमै रहनु अपरिहार्य’

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १३:४७

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुक अहिले असामान्य परिस्थितिबाट गुज्रिरहेको अवस्थामा संवैधानिक मार्गमै रहेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सधैं शिरोपर गर्नुपर्ने उल्लेख गरेका छन् । साथै, वर्तमान परिस्थितिमा राष्ट्रपति संवैधानिक प्रक्रियामार्फत निकास दिन अग्रसर भएको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर नजान सबैलाई आग्रह गरेका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा जनधनको क्षति भएको स्मरण गर्दै संघीय संसदले त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने पनि उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.