आइतबारबाट विद्यालय खुल्ने, स्थानीय तहले पनि सेवा सुरु गर्ने

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २८, शनिबार १७:४५

काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द रहेका शैक्षिक संस्था आइतबारबाट खुल्ने भएको छ । स्थनीय तहका कार्यालय पनि आइतबारबाटै खुल्नेछन् ।

शनिबारबाट स्थिति सामान्य भएकाले कार्यालय र विद्यालय खुला गर्न लागिएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबार नै अब सेवा अघि बढाउन ७५३ वटै स्थानीय तहलाई सर्कुलर जारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन सर्कुलर जारी गरिएको हो । ‘क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.