आगजनी र लुटपाटले माेरङ अदालतकाे सेवा राेकियाे

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार १३:२८

विराटनगर । मोरङ जिल्ला अदालतले तत्काल पूर्णरुपमा सेवा प्रवाह गर्न नसक्ने भएकाे छ । भदौ २४ गते अराजक समूहले गरेकाे आगजनी, तोडफोड र लुटपाट  भएकाे थियाे ।

साे घटनापछि अदालतको भौतिक संरचना र सेवा प्रवाहसँग सम्बन्धित सम्पूर्ण सामानहरू नष्ट भएकाे छ ।

अदालतले एक सूचना जारी गर्दै  असोज २० गतेसम्म अधिकांश सेवाहरू बन्द रहने जानकारी गराएको छ।

अदालतले जारी गरेको सूचनाअनुसार अदालतले तत्काल नियमित सेवा सञ्चालन गर्न नसक्ने अवस्था छ ।

अदालतका अनुसार, २०८२ असोज २० गतेसम्म निम्न अत्यावश्यक सेवाहरू मात्र सञ्चालन हुनेछन्:
अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाई ।

सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप ।
पक्राउ पुर्जी अनुमति ।
जरुरी पक्राउ पुर्जी ।
थुनछेक आदेश ।

यी बाहेकका अन्य सम्पूर्ण सेवाहरू दशैं बिदा र क्षति भएको कारणले २०८२ असोज २० गतेसम्म बन्द रहनेछन्।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.