सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार १९:११

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी नेपालको पहिलो महान्यायाधिवक्ता बन्न सफल भएकी छन् । उनलाई आइतबार नियुक्त गरिएको हो ।

उनको नियुक्तिसँगै देशको न्याय क्षेत्रले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि भण्डारीको नियुक्ति औपचारिक बनेको हो ।

यसअघि कार्यरत महान्यायाधिवक्ता रमेश बडालले आइतबार नै राजीनामा दिएपछि रिक्त भएको पदमा भण्डारीलाई जिम्मेवारी दिइएको छ । कानुन व्यवसायमा लामो अनुभव, स्पष्ट वकालत शैली र महिला कानुन व्यवसायीको प्रतिनिधित्व गर्दै आएकी भण्डारीको नियुक्तिलाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

नेपालमा अहिलेसम्म यो पदमा पुरुषहरू मात्र पुग्ने प्रचलन तोड्दै उनले नयाँ उदाहरण प्रस्तुत गरेकी छन् । भण्डारीको नियुक्तिसँगै न्यायिक संयन्त्रमा निष्पक्षता, सुशासन र संविधानको संरक्षणमा उनले ध्यान दिने अपेक्षा गरिएको छ ।

भण्डारीले कानुन क्षेत्रमा महिला सहभागिताको आवाज बुलन्द गर्दै आएकी थिइन् । नेपालको कानुनी वृत्तमै महिला नेतृत्वको क्षेत्रमा उनी प्रेरणादायी पात्र हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.