
काठमाडौं । राष्ट्रिय शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ । असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय बैठकबाट भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनको भनाइ छ ।

























