भारतको हिमाचलमा दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जना नेपालीको मृत्यु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३१, मंगलबार १२:३६

एजेन्सी । भारतको हिमाचल प्रदेशको सिमला जिल्लामा गाडी दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जना नेपालीको मृत्यु भएको छ ।

सिमलाको कोटखाई नजिक सोमबार राति पिकअप जिप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनामा परेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा सल्यानका एकै परिवारका ३ सदस्यसहित ४ जना नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका हुन् ।

समाचारमा जनाइए अनुसार मृतकमध्ये सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, उनका परिवारका ३६ वर्षीय एकेन्द्र शाही र २६ वर्षीया लक्ष्मी मल्ल शाही रहेका छन् । त्यस्तै, ३३ वर्षीय राजेश विष्टको समेत ज्यान गएको छ ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । उनीहरुको उपचार जारी छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये भारतीय चालक ४० वर्षीय जोगिन्दर सिंह पनि थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट नियन्त्रण गुमाएर जिप दुर्घटनामा परेको थिाये । सडक छेउको भिरबाट गाडी खस्दा ३ जनको घटनास्थलमै र अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको र नेपालस्थित परिवारलाई जानकारी गराइएको भारतीयले प्रहरीले जनाएको छ । दुर्घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र त्यहाँका सांसद एवं शिक्षामन्त्री रोहित ठाकुरले दुःख व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.