
धनपालथान । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित कनक फर्निचर उद्योगमा काम गर्दै गर्दा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धनपाथान–४ का ५० वर्षीय सानबहादुर दमाइको मंगलबार दिउँसो १ः१० बजेतिर मृत्यु भएको हो । बिजुलीको मिटर सफा गर्दै गर्दा उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तत्काल उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । मेडिकल पुर्याउनसाथ उनलाई मृत घोषित गरिएको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























