जेनजी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३१, मंगलबार १७:४८

काठमाडौं । जेनजी समूहको प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएका सहिदहरूको पार्थिव शरीर मंगलबार दिउँसो शवयात्रा निकालेर आर्यघाट पुर्याइएको थियो । शवयात्रामा राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, प्रहरी र सेनाका अधिकारी, परिवारजन तथा सर्वसाधारण सहभागी भएका थिए ।

आर्यघाटमा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरूको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

सहिद परिवारका सदस्यहरू र आन्दोलनमा संलग्न युवाहरूले आँसुमा भिज्दै उनीहरुको अन्तिम बिदाइ गरेका थिए । सहिदहरूका सपना र बलिदानलाई देशले सम्झनैपर्ने भन्दै सरोकारवालाले जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.