यसवर्षको बडादसैं : टीकाको साइत ११ः५३ मा उत्तम

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३१, मंगलबार १८:३४

काठमाडौं । यस वर्षको बडादसैंमा टीका लगाउने उत्तम साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

मंगलबार समितिले सार्वजनिक गरेको विवरणअनुसार विजया दशमीको दिन यही समयमा टीका ग्रहणका लागि शुभ मानिएको हो । समितिका अनुसार टीका ग्रहणका लागि छुट्टै साइत खोज्न आवश्यक नपरे पनि प्रतीकात्मक रूपमा बिहान ११ः५३ को समय उत्तम मानिएको छ ।

सोही दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । यसअघि घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा तय गरिएको छ ।

असोज ७ गते मंगलबार झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा रहनेछ भने असोज १३ गते फूलपाती तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा हुने समितिले जनाएको छ । पञ्चांग निर्णायक समितिका अनुसार देवीको प्रसाद र टीका ग्रहणका लागि विशेष साइत आवश्यक नपर्ने भए पनि परम्पराअनुसार तोकिएको उत्तम समयलाई प्राथमिकता दिने चलन छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.