जेनजी प्रदर्शनमा मृत्यु भएका प्रवीन कुलुङको शव घर ल्याइयो

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १, बुधबार १३:३६
जेनजी प्रदर्शनमा मृत्यु भएका प्रवीन कुलुङको शव घर ल्याइयो

विराटनगर । जेनजी आन्दोलनका क्रममा काठमाडौंमा निधन भएका संखुवासभाका प्रवीन कुलुङलाई विराटनगरमा श्रद्धाञ्जली अर्पण गरिएको छ

काठमाडौ‌मा भएको आन्दोलनमा मृत्यु भएका २१ वर्षीय कुलुङको शव उनको घर संखुवासभाको सिलिचोङ गाउँपालिका–३ मा बुधबार बिहान लगिएको छ ।

घर लैजाने क्रममा बुधबार बिहान विराटनगर विमानस्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवसहित युवाहरूको समूहले मृतक कुलुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मंगलबार खराब मौसमका कारण हेलिकप्टर संखुवासभा जान नसकेपछि शव राति विराटनगरमै राखिएको थियो । काठमाडौंबाट संखुवासभा जाने क्रममा मौसम खराब भएपछि विराटनगर अवतरण गरिएको थियो ।

यस्तै, क्रममा आज बिहान करिब १५ मिनेट विमानस्थलको टर्मिनल भवन बाहिर शवलाई राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो । सो क्रममा सीडीओ यादवसहित कलेजका विद्यार्थी, युवा अभियन्तालगायतको सहभागिता रहेको थियो ।

यसैगरी, सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।

श्रद्धाञ्जली सभापछि मृतकका आफन्तलाई शव बुझाइएको थियो । सिलिचोङ– ३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कार अनुसार कुलुङको अन्त्येष्टि गरिने गाउँपालिका अध्यक्ष मेवाहाङले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.