
विराटनगर । उच्च अदालत विराटनगरले असाेज २ गते बिहीबारबाट थप कानुनी सेवा प्रवाह गर्ने भएकाे छ । गत भदौ २४ गते अराजक समूहले आगजनी गर्दा अदालतकाे मिसिल र भाैतिक संरचना जलेकाे थियाे ।
त्यसपछि बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाई र दर्ता लगायतका कामकारवाही स्थगित भएकाे थियाे । असोज २ गतेदेखि थप कानुनी उपचार सेवा प्रवाह गर्ने भएकाे हाे ।
उच्च अदालतले वाणिज्य सम्बन्धी मुद्दाहरूमा पक्राउपूर्जीको अनुमति, जरुरी पक्राउपूर्जीको समर्थन, म्याद थप अनुमति, थुनुवाका हकमा कारागार मार्फत दर्ता हुने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू र निषेधाज्ञा एवं रिट निवेदनहरूको दर्ता तथा सुनुवाई सेवा प्रवाह गर्नेछ ।
यस निर्णयले आगजनीबाट प्रभावित अदालती सेवामा केही हदसम्म सहजता ल्याउने अपेक्षा गरिएको छ । अदालतले अन्य मुद्दा दर्ता एवं सुनुवाइ लगायतका कामकारवाहीको हकमा भने तत्काल कुनै निर्णय गरेकाे छैन ।

























