जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १, बुधबार १९:१३

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा मुलुकका विभिन्न स्थानमा आज (बुधबार) साँझ दीप प्रज्वलन गरिएको छ ।

काठमाडौंस्थित संसद् भवन अगाडि पनि दीप प्रज्वलन गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बालेर दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो ।

दीप प्रज्वलनका क्रममा सहिदको सम्झनामा मौनधारणसमेत गरिएको छ । सहिदहरूको बलिदान कहिल्यै व्यर्थ नहुने दीप प्रज्वलनका सहभागीले बताएका छन् । जनताको अधिकार र न्यायपूर्ण नेपाल निर्माण आफूहरुको कर्तव्य भएको उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.