
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपी विश्वराज अधिकारीको जिम्मेवारी खोसिएको छ ।
गृह मन्त्रालयले एसएसपी अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए ।
२३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि अधिकारी विवादमा तानिएका थिए ।

























