सीमा आभासको ‘महायुग’ सार्वजनिक

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार १६:२०

विराटनगर । साहित्यकार सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक भएको छ । याे उनकाे पहिलाे उपन्यास हाे ।

उपन्यासले  स्त्रीको शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको छ ।  उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिंढीदेखि अर्को पिंढीसम्मका चार पुस्तामा प्रस्तुत गरिएको छ । याे पुस्तक बुकहिलले प्रकाशन गरेकाे हाे ।

विगतका भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।

‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन(जी पुस्ताले समेत नेपाली साहित्य पढुन् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ ।’ बुकहिलले भनेकाे छ ।

कथा र कवितामा कलम चलाइरहेकी सीमा आभासको उपन्यासमा युगीन नारी हुँकारलाई प्रस्तुत गरिएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रुपैयाँ  पर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.