
काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा घाइते भएकाहरुले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।
सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाए । यसअघि उनीहरूले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने प्रयास गरेका थिए । तर, सुरक्षा अधिकारीहरूले सिंहदरबारभित्र प्रवेश अनुमति नदिएकाले उनीहरू गेटमै धर्ना बसे ।
ज्ञापनपत्रमा उनीहरूले आन्दोलनका क्रममा लागेका चोटपटक र उपचारमा भएका कठिनाइको बारेमा गुनासो राखेका छन् । उनीहरुले घाइतेको उपचारदेखि लिएर अन्य कुराको उचित व्यवस्थापनको माग गरेका छन् ।

























