झापामा डुबेको अवस्थामा नाबालिका मृत फेला

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार ११:२९

झापा । झापाको झापा गाउँपालिका–३ झाँसीमा १ नाबालिका खोलामा डुबेको अवस्थामा सोमबार बिहान मृत फेला परेकी छिन् ।

प्रहरीका अनुसार मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जी आइतबार दिउँसो करिब २ बजेदेखि हराएकी थिइन् । खोजी गर्ने क्रममा सोमबार बिहान ७ बजेतिर शव फेला परेको हो ।

घरनजिकैको सानो माई खोलामा डुबेको अवस्थामा नाबालिकाको शव फेला परेको झापा प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्रै नाबालिका मृत्युको विस्तृत कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.