
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
देशको पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

























