पोखरीमा डुबेर २ बालिकाको मृत्यु

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १३:४३

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियामा मंगलबार पोखरीमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ ।

स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी नुहाउने क्रममा पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा दुवै बालिकाको शव पोखरीबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.