
काठमाडौं । नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड)मा झरेको सुक्खा पहिरोले उत्तः सडक अवरुद्ध बनाएको थियो ।
पहिरो मंगलबार बिहान करिब ५ः४० बजेतिर खसेको हो । पहिरोले सडक अवरुद्ध हुँदा सयौं वारीसाधनको लाम लाग्दा यात्रुहरू अलपत्र परेका थिए । लगभग झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाउँदै सडक सञ्चालनमा ल्याइएको हो ।

























