कानेपोखरीमा बस र ट्रक ठोक्किँदा ५ जना घाइते

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १५:०२

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-२ दलेलीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बस र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, आज बिहान करिब १२:३० बजेको समयमा कानेपोखरी-रमाइलो भित्री सडक खण्डमा ना ५ ख २८६९ नम्बरको ट्रक र को १ ख २९१२ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।

घाइतेहरूमध्ये बस चालकसहित दुई जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने अन्य तीन जनाको रङ्गेली अस्पताल रङ्गेलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.