फाइल फाेटाेकाठमाडौं । पहिराे हटाएपछि मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोला पुलनजिकै पहिरो खस्दा दुई दिनअघिदेखि सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएर बिहीबार रातिदेखि यातायात आवागमन सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
ठूलो पहिरो गएपछि मंगलबार दिउँसोदेखि सो सडकखण्ड अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको थियो ।

























