लुटिएका हतियार फिर्ता गर्न असाेजसम्मकाे म्याद, नबुझाए कारबाही

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार ११:१६

काठमाडौ‌ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षा निकायको साथबाट लुटिएका हतियार बुझाउन गृह मन्त्रालयले  आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुराेध गरेकाे हाे ।

सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई   सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग हराएका हातहतियार फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.