नेपाल र वेस्ट इन्डिजकाे खेल आज

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ११, शनिबार ०६:३३

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध  खेल्दैछ । नेपालकाे खेल आज यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा राति ८: १५ बाट सुरु हुनेछ ।

नेपालका कप्तान रोहित पौडेलले आजकाे खेल राम्राे हुने बताएका छन् ।

‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् ।

रोहितले यो नेपालको घरेलु शृंखला भएपनि घरेलु मैदानमा नखेलेको हुँदा केही फरक अनुभव हुने बताए ।

वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए ।

नेपाल र वेस्ट इन्डिजको खेल तालिका

पहिलो खेल : २७ सेप्टेम्बर (११ असोज)- बेलुका ८:१५

दोस्रो खेल : २९ सेप्टेम्बर (१३ असोज)- बेलुका ८:१५

तेस्रो खेल : ३० सेप्टेम्बर (१४ असोज)- बेलुका ८:१५

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.