पत्रकार महासंघ माेरङकी अध्यक्ष पाठक सम्मानित

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ११, शनिबार १६:१७

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलाई स्वर्गीय पदमप्रसाद अम्बिकादेवी दाहाल स्मृति कोषबाट सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ११ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।

दाहाल प्रतिष्ठानले शनिबार विराटनगर एक कार्यक्रम गरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद दाहाल, महासचिव सूर्यकुमार दाहाल, निवर्तमान केन्द्रिय अध्यक्ष शालिग्राम दाहाल, युवराज दाहाल, नारायणप्रसाद दाहाल लगायतले पाठकलाई सम्मान गरे ।

दाहाल प्रतिष्ठान अन्तर्गत स्थापित कोषहरूबाट समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरिएको छ ।

स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवा कोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पण्डित भवानी शंकर निरौलालाई ३१ हजार रुपैयाँ, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसीलाई २५ हजार रुपैयाँले सम्मान गरिएको हो । त्यसैगरी, सोही कोषबाट वराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई सात हजार रुपैयाँसहित प्रोत्साहन स्वरूप सम्मान गरिएको छ ।

प्रतिष्ठानले सोही अवसरमा स्वर्गीय पण्डित जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषका तर्फबाट दमकका कुलबधु डोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलबधु सम्मान’ प्रदान गरिएको छ ।

स्वर्गीय पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृति कोषका तर्फबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’ प्रदान गरिएको छ । सोही कोषबाट ११ हजार राशिसहित सुमितकुमार खड्कालाई ‘राष्ट्रिय गायक सम्मान’ र ललितनारायण राजवंशीलाई ‘वर्ष खेलाडी सम्मान’ बाट सम्मानित गरिएको छ ।

स्वर्गीय चन्द्रकान्त–दिव्यश्वरा दाहाल स्मृति कोषको तर्फबाट धनमाया दाहाललाई छ हजार एक सय ५५ रुपैयाँ राशिसहित ‘वर्ष आमा सम्मान’ प्रदान गरिएको छ भने सोही कोषबाट पाँच हजार पाँच सय ५५ रुपैयाँ राशिसहित पोखरिया माविका उदय सिटौला र आदर्श माविका शुभेच्छा दाहाललाई उत्कृष्ट छात्रछात्रा सम्मानबाट पुरस्कृत गरिएको छ । दाहाल प्रतिष्ठानका महासचिव सूर्य दाहालले सोही समारोहमा प्रतिष्ठानको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गा दाता सम्मान’ र धीरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ प्रदान गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.