ओलीसहित पाँच जनालाई विदेश जान राेक, काठमाडौं छाड्न अनुमति लिनुपर्ने

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १२, आइतबार १८:२०

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बधी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँचजनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

जाँचबुझ आयोगको आइतबार बसेको बैठकले विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

आयाेगले निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान रोक लगाउन सिफारिस गरेको हो ।

आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.