मनसुनी वायु कमजाेर भएपनि वर्षाकाे सम्भावना

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १३, सोमबार ०६:४२

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । स्थानीय वायुको प्रभाव भने रहेको छ । जसका कारण देशभर साधारणतया बदली रहेको छ ।

हाल बागमती प्रदेशका केही स्थानमा, कोशी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

हाल परिरहेको पानी केही समय रोकिएर दिउँसो फेरि हल्का पर्नेछ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि मौसमविद्अ धिकारीले जानकारी दिए ।

बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.