
काठमाडौं । नेपालीहरूको महान पर्व बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
आज दिनभर टीका लगाउँदा साइत कै टीका हुने विश्वास छ ।

























