दसैँकाे मुख्य दिन कस्तो छ माैसम ?

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १६, बिहीबार ०६:५८

काठमाडौं । वडादसैँकाे मुख्य दिन आज  देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना छ ।

मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा  सबै प्रदेशमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार राति, सबै प्रदेशमा साधारणतया बदली रहने छ । काेशी गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.