सतर्कता अपनाउन माेरङ प्रशासनकाे आग्रह

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १७, शुक्रबार १३:२६

विराटनगर । मनसुन सक्रिय भई आगामी असोज १७ गतेदेखि २० गतेसम्म  भारी वर्षा (आरिघोप्टे) हुने सम्भावना रहेको मौसम पूर्वानुमानका आधारमा जिल्ला विपद व्यवस्थापन समिति माेरङको बैठकले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

असोज १७ गते बसेको समितिको बैठकले बाढी, डुबान, कटान र भूक्षयको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

बैठकले जरुरी काम नपरी घर बाहिर ननिस्कन, राति जोखिमयुक्त सडकमा यात्रा नगर्न र बाढी, डुबान वा अन्य जोखिम भएमा नजिकको प्रहरी, वडा कार्यालय वा स्थानीय पालिकामा तत्काल खबर गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.