पाँचथरमा सडकबाट तमाेर नदीमा खस्याे गाडी

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १८, शनिबार १२:२७

विराटनगर । पाँचथरको फिदिम नजिक तमोर नदीमा गाडी खसेको छ । शनिबार बिहान गाडी नदीमा खस्दा हताहती भएको आशंका गरिएको छ ।

पाँचथर प्रहरीले गाडी नदीमा खसेको खबर आएपछि सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएको छ ।

युवा अभियन्ता सागर ढकालले उद्धारका लागि आह्वान गरेका छन् ।

दुर्घटनास्थलनजिकै रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडीहरू छिटोभन्दा छिटो पठाइदिनुस् न है ।’

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको गाडी पाँचथरको कात्तिकेनजिकै तमोर नदीमा खसेको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्धार टोली घटनास्थल पुगिसकेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.