विराटनगरमा बस्ती पस्यो खोला

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १९, आइतबार १२:२९

विराटनगर । अविरल वर्षासँगै केशलीया र सिंघिया खाेलामा आएको बाढी बस्तीमा पसेकाे छ । केशलीया खाेला बस्तीमा  विराटनगरमा करिब १०० परिवार विस्थापित भएका छन् ।विराटनगर महानगरपालिका– ६ र १२ नम्बर वडामा केशलीया खोला किनारका बासिन्दा  विस्थापित भएका हुन् ।

प्रहरीका अनुसार विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरुलाई बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालयमा सारिएको छ ।

विराटनगर ६ का केही घरमा पानी पसेपछि स्थानीय विस्थापित भएका छन् । विस्थापितलाई सुरक्षित स्थानमा सारिएको छ ।

विराटनगर महानगरपालिका– ८ को सुकुम्बासी बस्तीमा सिंगियाको बाढी पसेपछि ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुनबर्षी नगरपालिका –३ बाहुनटोलमा बक्राहा खोलाले बाध काटेर बस्तीमा पसेको छ । प्रहरीका अनुसार बाध फुटाएर ६० घरमा  बाढीको पानी पसेको हाे ।

सुनवर्षी नगरपालिका– ६ मा बक्राहा खोलाले बाँध भत्काएको छ । खोलाको बाँध मर्मत भइरहेको छ । मोरङको उर्लावारी –९ मा रतुवा खोलाको पानी पस्दा २०  परिवार विस्थापित भएका छन् ।

मोरङको रतुवामाई नगरपालिका– ५ मा कट्नु खोला बस्तीमा पस्दा ६ परिवार विस्थापित भएका छन् ।

रतुवामाई नगरपालिका– ५ महाराज थानमा बक्राहा खोला बस्तीमा पस्दा ९ परिवार विस्थापित भएका छन् । सोही वडाको मुसरभिट्टामा बाढी पस्दा ३० परिवार विस्थापित भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.