पूर्व–पश्चिम राजमार्गको डाइभर्सन बग्यो

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १९, आइतबार १२:५२

विराटनगर । पूर्व–पश्चिम राजमार्गको झापाको माइधार–दुधे सडकखण्डमा बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ । भालुखोलाको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।

सो सडकखण्ड भएर गुड्ने गाडीहरुलाई डाइभर्ट गरिएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाने सवारी साधनहरु माईधारबाट दक्षिण कन्काई नहर हुँदै संगम चोक र पश्चिमबाट पूर्व जाने सवारी साधनहरु संगमचोकदेखि दक्षिण कन्काई नहर हुँदै माईधार डाइभर्ट गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.