
विराटनगर । अविरल वर्षाका कारण गएको पहिरोका कारण इलाममा ३४ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका – १ मा ५, इलाम नगरपालिका– १ मा ६ जनाको मृत्यु भएको छ ।
देउमाइ नगरपालिकामा – ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको हो ।
पहिरोका कारण घर पुरिएपछि ठूलो संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

























