
काठमाडौं । सरकार र सरोकारवाला सबै पक्षको सतर्कताले मनसुनमा मानवीय क्षति कम भएको ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले उच्च सतर्कता अपनाएका कारण बाढीका कारण मानवीय क्षति कम भएको बताएका हुन् ।
वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको उनले बताए ।
वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुर्ननिर्माणमा लाग्ने बताए ।
‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृस्टी भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ उनले भने ।

























